भरतपुरमा रेनुको अग्रता २ हजार उकालो लाग्यो

नेपालभ्युज

भरतपुरमा रेनुको अग्रता २ हजार उकालो लाग्यो

काठमाडौं। भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहालले करीब २ हजार २० मतको फराकिलो अग्रता बनाएकी छन्।

३० हजार ५५४ मतगणना गर्दा दाहालले नेकपा एमालेका आफ्ना प्रतिस्पर्धी विजय सुवेदीलाई पछाडि छाडेकी हुन्।

दाहालले १११९५ मत प्राप्त गर्दा सुवेदीले ९०७५ मत प्राप्त गरेका हुन्। यस्तै मेयर पदका अर्का प्रतिस्पर्धी जगन्नाथ पौडेलले ५ हजार ३ मत प्राप्त गरेका छन्। पौडेल नेपाली कांग्रेसबाट निष्काशित स्वतन्त्र उम्मेदवार हुन्।

मेयर पदका प्रमुख प्रतिस्पर्धीबीच यतिको अन्तर हुँदा उपमेयर पदमा भने कांग्रेसका चित्रसेन अधिकारी भारी मतसहित अग्रस्थानमा छन्। उनले १३३५५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ७४४३ मत प्राप्त गरेकी छन्। भरतपुरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भएको छ।

भरतपुरका २९ वडामध्ये ६ ओटा वडाको मतगणना सकिएको छ भने अहिले ७ नं. वडाको मतगणना हुँदैछ। ६ वडामध्ये ३ नम्बर वडाध्यक्ष एमालेले जित्दा अन्य वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved