१८ वटा मतपत्रमा भेटिएन मतदान अधिकृतको हस्ताक्षर, धरानमा मतगणना स्थगित

नेपालभ्युज

१८ वटा मतपत्रमा भेटिएन मतदान अधिकृतको हस्ताक्षर, धरानमा मतगणना स्थगित

विराटनगर। धरान उपमहानगरपालिका वडा नम्बर २० को मतगणना स्थगन गरिएको छ।

१८ वटा मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो। सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरूले हाल नाराबाजी गरिरहेका छन्। उनीहरूले हस्ताक्षर बिनाको मतपत्रलाई पनि मान्यता दिनुपर्ने माग राख्दै नाराबाजी गरेपछि अहिले मतगणना स्थगित भएको हो।

धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान २० मा १८ वटामध्ये माओवादी ११ र बाँकी ७ वटा काँग्रेस एमालेको मतपत्र बदर भेटिएपछि सर्वदलीय छलफल पश्चात हस्ताक्षरबिनाको मतपत्रलाई बदर गरिएको थियो।

घोषणा गर्न बाँकी रहँदै माओवादी केन्द्रले हस्ताक्षरबिनाको मतपत्रलाई पनि सदर गर्नुपर्ने माग राख्दै नाराबाजी गरेपछि धरानमा मत गणना स्थगित भएको हो। वडा नं। २० मा २०२१ मत खसेको थियो। गणना हुँदा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६ मत बढी ल्याएर निर्वाचित भएका थिए। १ हजार ३ सय मत गनिसकेपछि अन्तिममा मत परिणाम आउन बाँकी रहँदा तनावको स्थिति भएको हो।

अहिले पनि तनाव जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved