कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै रुकुमपश्चिमको चौरजहारीमा माओवादी विजयी

नेपालभ्युज

कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै रुकुमपश्चिमको चौरजहारीमा माओवादी विजयी

रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा निर्वाचित माओवादी केन्द्रका पुष्प वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए ।

उपप्रमुखमा माओवादीकी इश्वरी शर्मा (विएम) ७ हजार २ मत सहित निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved