एमाले उपाध्यक्ष नेम्बाङको गृहनगरमा कांग्रेस विजयी

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङको गृहनगर इलाम नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ।

नेपालभ्युज

एमाले उपाध्यक्ष नेम्बाङको गृहनगरमा कांग्रेस विजयी

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङको गृहनगर इलाम नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ।

मेयरमा केदार थापाले १३ हजार १६५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरेका छन्।

यस्तै‚ उपमेयरमा कांग्रेसका उमेदवार विष्णुकुमारी लिम्बूले १३ हजार ५४२ मत प्राप्त गरेकी छिन्। एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरेकी छिन्।

१२ वटा वडा रहेको नगरपालिकामा एमालेले वडा नम्बर २, ३ र ११ मा वडाध्यक्ष जितेको छ। बाँकी वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved