पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

नगरपालिका १० ओटा वडामध्ये सात ओटामा कांग्रेस र तीन ओटामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन्।

नेपालभ्युज

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

पाल्पा। रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमणबहादुर थापा मेयर र उपमेयरमा कांग्रेसकै बालकुमारी थापा विजयी भएका छन् ।

मेयरमा कांग्रेसका थापाले १० हजार ४५६ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत ल्याए।

त्यस्तै, उपमेयरमा कांग्रेसकी बालकुमारी थापाले १० हजार ३०७ र उनका प्रतिस्पर्धी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् ।

नगरपालिका १० ओटा वडामध्ये सात ओटामा कांग्रेस र तीन ओटामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved