भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

एमालेले जितेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी भए। 

नेपालभ्युज

भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

दैलेख। भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी भए।

उनी दुई हजार ८४६ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। थापाले नेपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गरे।

कांग्रेसका खड्काले दोस्रो स्थानमा रहेर दुई हजार २०३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले एक हजार ९३४ मत प्राप्त गरे। गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए।

यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीनाकुमारी खड्का विजयी भइन्। गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले दुई हजार ६८३ मत ल्याउँदा प्रत्यासी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले दुई हजार २४७ र नेकपा एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved