कीर्तिपुरमा मेयर उपमेयरसहित ९ वडामा कांग्रेस, एमाले दुई वडासदस्यमा सीमित

२०७४ को स्थानीय निर्वाचनमा मेयर, उपमेयरसहित ७ वडाअध्यक्ष जितेको नेकपा एमाले भने यसपटक दुई वडासदस्यमा मात्रै सीमित भएको छ। वडा नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी वडाअध्यक्ष निर्वाचित बाँकी सबै वडामा कांग्रेसले जितेको छ।

नेपालभ्युज

कीर्तिपुरमा मेयर उपमेयरसहित ९ वडामा कांग्रेस, एमाले दुई वडासदस्यमा सीमित

काठमाडौं। कीर्तिपुर नगरपालिकामा मेयर, उपमेयरसहित ९ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। यसअघि २०७४ को स्थानीय निर्वाचनमा मेयर, उपमेयरसहित ७ वडाअध्यक्ष जितेको नेकपा एमाले भने यसपटक दुई वडासदस्यमा मात्रै सीमित भएको छ।

कीर्तिपुरमा गठबन्धनबिना एक्लै चुनाव लडेको कांग्रेसबाट मेयर र उपमेयरसहित १० मध्ये ९ वडाअध्यक्ष र ३३ वडासदस्य गरी ४४ जनप्रतिनिधि चुनिएका छन्।

कीर्तिपुरको कांग्रेसबाट राजकुमार नकर्मीले ९ हजार ४३ मतसहित मेयर र शुभलक्ष्मी शाक्यले ८ हजार ६६५ मतसहित उपमेयर जितेकी छन्। एमालेबाट मेयरका उम्मेदवार केशरत्न बज्राचार्यले ५ हजार ५०७ र उपमेयरकी उम्मेदवार विन्दु महर्जनले ७ हजार २०६ मत प्राप्त गरिन्।

माओवादी केन्द्रका मेयर उम्मेदवार शिवशरण महर्जनले ४ हजार ९० र उपमेयरकी उम्मेदवार सुशीला बस्नेतले २ हजार २४० तथा एकीकृत समाजवादीका मेयरका उम्मेदवार वटुकृष्ण थापाले एक हजार १५३ तथा उपमेयरकी उम्मेदवार कमला महर्जनले ८७२ मत पाएकी छन्।

वडा नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी वडाअध्यक्ष निर्वाचित बाँकी सबै वडामा कांग्रेसले जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved