मुगूम कार्मारोङ गाउँपालिका अध्यक्षमा दाेहाेरिए छिरिङ क्याप्ने

नेपालभ्युज

मुगूम कार्मारोङ गाउँपालिका अध्यक्षमा दाेहाेरिए छिरिङ क्याप्ने

सुर्खेत। मुगुकाे मुगूम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा दाेहाेरिएका छन्।

उनले एमालेका सोनाम छिरिङ लामालाई ९० मतले पराजित गर्दै दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। क्याप्नेले एक हजार ५७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लामाले एक हजार ४८१ मत पाएका छन्।

०७४ को स्थानीय तहको निर्वाचनमा दुवै जना प्रतिस्पर्धी थिए। त्यतिबेला पनि छिरिङ क्याप्नेले नै जितेका थिए।

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ पुटिक तामाङ एक हजार ५६१ मतसहित विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी माओवादीका गुरु स्यङ्ग्याप लामाले एक हजार ३८५ मत पाएका छ्न्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved