खसेको भन्दा बढी मत भेटिएपछि रम्भामा झडप, ६ जना घाइते

नेपालभ्युज

खसेको भन्दा बढी मत भेटिएपछि रम्भामा झडप, ६ जना घाइते
सांकेतिक तस्वीर।

पाल्पा । रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन्। खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो। घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेका बुझिएको छ।

रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो। निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताए। उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved