बझाङको थलारा गाउँपालिकामा एमालेका रोकाया विजयी

नेपालभ्युज

बझाङको थलारा गाउँपालिकामा एमालेका रोकाया विजयी

बझाङ। बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्।

२ हजार ७७४ मतसहित उनी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। रोकायाका निटकतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरे।

उपप्रमुखमा गठबन्धनका राम खाती ३१५० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत गरिन्।

थलारा गाउँपालिकाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रका रवीन्द्र जोशी, वडा नम्बर २ मा नेकपा एमालेका रवीन्द्र खाती, वडा नम्बर ३ मा माओवादीका प्रकाश भण्डारी, वडा नम्बर ४ मा नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी भएका छन्।

वडा नम्बर ५ पनि कांग्रेसले नै जितेको छ। वडा ५ मा कांग्रेसका नरबहादुर खाती विजयी हुँदा वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादीका अनिलकुमार विष्ट विजयी भएका छन्।

वडा नम्बर ७ मा नेकपा एमालेका किस्ने सार्की विजयी भएका छन् भने ८ एमालेकै कविराज जोशीले जित हासिल गरेका छन्। वडा ९ मा नेकपा एकीकृत समाजवादीका लोकेन्द्र विष्ट विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved