लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत तयारी पूरा

भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिँगार्ने काम पूरा भइसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।

नेपालभ्युज

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत तयारी पूरा
लुम्बिनीस्थित मायादेवी मन्दिर

काठमाडौं। बुद्ध जयन्तीको अवसरमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । बुद्ध पूर्णिमाका दिन भोलि  (सोमबार) आइपुग्ने मादीको स्वागतका लागि आवश्यक तयारी पूरा भएको हो।

भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिँगार्ने काम पूरा भइसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए। मोदीको स्वागतका लागि लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको र बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ। मन्दिर परिसरभित्र, बाहिर र अशोक तथा बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ ।

मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागतद्वार बनाइएको छ । ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको बिहारसम्म मोदी पुग्ने बाटो पनि बनाइएको छ।

भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान भएको छ। मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेटअगाडि चारवटा पक्की हेलिप्याड बनाएको छ ।

आज आइतबारबाट भिआइपीहरू आउने क्रम शुरु हुने छ। आइतबार बिहान पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले र परराष्ट्रमन्त्री पुग्ने कार्यक्रम छ। कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पनि आइताबारनै आइपुग्ने कोषले जनाएको छ। काठमाडौंबाट १ हजार १ सय भिक्षु÷भिक्षुणी पनि लुम्बिनी जाँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved