शुरुदेखि नै बालेनको अग्रता कायमै, स्थापितले बढाए सिर्जनासँगको अन्तर

नेपालभ्युज

शुरुदेखि नै बालेनको अग्रता कायमै, स्थापितले बढाए सिर्जनासँगको अन्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा शुरुदेखि नै बालेन साहको अग्रता कायमै छ।

आज राति दिइएको पछिल्लो मतपरिणाअनुसार बालेन शाहले ७६८ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित दोस्रो स्थानमा देखिएका छन्। उनले ५५० मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना संहले ४२१ मत ल्याएकी छन्।

त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले १६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोलले ९२० मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन्। राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved