चन्द्रागिरिमा एमालेको अग्रता

नेपालभ्युज

चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।

दुई हजार ५०० मतगणना हुँदा नेकपाका उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि एमालेकै अग्रता छ। एमालेकी उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन्। गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेका छन्।

कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved