निर्वाचन आयोगको प्रारम्भिक अनुमान : मुलुकभर ६४ प्रतिशत मतदान

नेपालभ्युज

निर्वाचन आयोगको प्रारम्भिक अनुमान : मुलुकभर ६४ प्रतिशत मतदान

काठमाडौं। निर्वाचन आयोगले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले मतदान संख्या बढ्न सक्ने बताए। आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको उनले बताए।

उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको जानकारी दिए। १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगन भएको आयुक्त थपलियाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved