बाजुराको मतदानस्थलमा खुकुरी प्रहार, वडाध्यक्षका उम्म्दवारसहित तीन जना घाइते

मतदान स्थगित

नेपालभ्युज

बाजुराको मतदानस्थलमा खुकुरी प्रहार, वडाध्यक्षका उम्म्दवारसहित तीन जना घाइते
सांकेतिक तस्वीर

धनगढी। बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन्।

बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन्।

घाइतेहरुको अहिले टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको कांग्रेस नेता राजेन्द्र शाहले जानकारी दिए। फर्जी मत खसालिरहेका व्यक्तिहरु रोक्न खोज्दा एमालेका नेता–कार्यकर्ताहरु आक्रमणमा उत्रिएका पनि उनले बताए।

शाहका अनुसार एमाले बाजुराका सचिव भरत थापाले उक्त समूहको नेतृत्व गरेका थिए। मतदान स्थलमा आक्रमण भएपछि अहिले मतदान स्थगित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved