विनोद चौधरीले गरे मतदान

नेपालभ्युज

विनोद चौधरीले गरे मतदान

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले स्थानीय तह निर्वाचनमा नवलपुरबाट मतदान गरेका छन्।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका चौधरीले नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्। मतदानपछि पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले मुलुकको समृद्धिका पक्षमा मतदान गरेको बताए।

अर्बपतिसमेत रहेका चौधरीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचनमार्फत आफ्नो नेतृत्व आफैं छान्न पाउनुरहेको भन्दै निर्वाचनमा विजय हुने सबै जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्न शुभकामना पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved