मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा

नेपालभ्युज

मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको औपचारिक जानकारी दुवै देशले दिएको छ। २ जेठमा बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने विषयमा दुवै देशका परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा जानकारी दिएका हुन्।

नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री शेर बहादुर देउवाको औपचारिक नियन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गर्न लाग्नुभएको हो।”

केही घण्टका लागि लुम्बिनी भ्रमणमा आउने भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा माया देवी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ। यस्तै भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मोदीको सम्मानमा प्रधानमन्त्री देउवाले दिवा भोजको आयोजना गर्नेछन् भने दुई देशका प्रधानमन्त्रीबीच दुई पक्षीय वार्ताको कार्यक्रम पनि रहेको छ।

लुम्बिनी भ्रमणमा आउने भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री डा.नारायण खड्काले भेट्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। भारतीय प्रधानमन्त्री मोदीको यो पाँचै नेपाल भ्रमण हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved