महोत्तरीमा जग्गाको विषयमा झडप हुँदा पाँचजना घाइते

नेपालभ्युज

महोत्तरीमा जग्गाको विषयमा झडप हुँदा पाँचजना घाइते

महोत्तरी। महोत्तरीको औरहीमा बिहीबार बिहान दुई पक्षबीच झडप हुँदा पाँचजना घाइते भएका छन्।

औहरी नगरपालिका-२ बस्ने चन्देश्वर साह र रामजीवन यादव पक्षबीच जग्गा मिचेको विषयमा झडप हुँदा पाँचजना घाइते भएका हुन्।

झडपमा ५५ वर्षीय राम जीवन यादव, ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएका छन् भने चन्देश्वर साहकी पत्नी ६५ वर्षीया राजकुमारी देवी साह र ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये राजकुमारी र रामसिकिललाई प्राथमिक उपचारपछि थप उपचारको लागि धरान रेफर गरिएको छ। अन्यको औरही नगरपालिका–१ स्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साह र यादवको जग्गा एकै ठाउँमा छ।  उक्त जग्गामा पर्खाल लगाउँदा जग्गा मिचिएको विषयमा दुवै पक्षबीच दुई दिनदेखि झगडा हुँदै आएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

One thought on “महोत्तरीमा जग्गाको विषयमा झडप हुँदा पाँचजना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved