महानगरवासीले मलाई जिताएर महिला हकहित बचाउने छन् : सुनिता डंगोल (भिडिओ)

काठमाडौंलाई अरु शहरसँग तुलना गर्न आवश्यक नरहेको बताउँदै उनले काठमाडौंलाई कान्तिपुरी नगरी नै बनाउने प्रतिवद्धता व्यक्त गरिन्।

नेपालभ्युज

महानगरवासीले मलाई जिताएर महिला हकहित बचाउने छन् : सुनिता डंगोल (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सुनिता डंगोलले काठमाडौं महानगरवासीले महिला उपप्रमुखको रूपमा आफूलाई जिताएर महिला हकहितलाई बचाउनेमा आफू विश्वास रहेको बताएकी छन्।

उनले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरू नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताइन्। काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उनको बुझाइ छ। काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरूमा अडिएकोले यसलाई संरक्षण गर्न सके मात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने उनको भनाइ थियो।

उनले काठमाडौंलाई अन्य शहरसँग तुलना गर्न जरुरी नरहेको भन्दै साँच्चिकै कान्तिपुर नगरी बनाउन काठमाडौंलाई पुनर्निर्माण गरेर यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरिन्। काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्न जोड दिने उनको भनाइ थियो।

काठमाडौं क्यापिटल सिटी भएको कारणले यहाँभित्र पूर्वाधारको विकास धेरै हुनु जरुरी रहेको उनको भनाइ थियो। काठमाडौंलाई अरु शहरसँग तुलना गर्न आवश्यक नरहेको बताउँदै उनले काठमाडौंलाई कान्तिपुरी नगरी नै बनाउने प्रतिवद्धता व्यक्त गरिन्।

आफूले जिते महानगरभित्र एउटा महानगर संग्राहलय बनाउने, रोजगारी सिर्जना गरेर विदेश जाने युवालाई रोक्ने, रोजगारीका लागि इनोभेसन हब बनाउने उनको भनाइ थियो। यसैगरी महानगरपालिकाबाट दिइने सबै सेवालाई पूर्ण डिजिटलाइज गरी सेवा दिइने उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved