नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनएले तीन देशबाट क्रिकेट र फुटबल टिम ल्याउने

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनएले तीन देशबाट क्रिकेट र फुटबल टिम ल्याउने

काठमाडौं। २२ जेठदेखि शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे तयारी तीव्र पारिएको छ।

२८ जेठसम्म चल्ने प्रतियोगिताको तयारीमा सरोकारवाला निकायहरू जुटेका छन्। प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ–आफ्नै तरिकाले तयारी शुरु गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस) ले पनि तयारी तीव्र पारेको एनआरएन स्पोर्टस् एकेडेमीका कार्यवाहक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए।

उनका अनुसार यसपटक राखेपले प्रस्ताव गरेका ३६ मध्ये १८ खेलमा एनआरएनएले सहभागीता जनाउने छ। उनले भने, ‘‘हामीले तयारी तीव्र पारेका छौँ। अहिले खेलाडीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गरिसक्छौँ।’

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यसपटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ। यो पटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ।

क्रिकेटको टिम इंग्ल्याण्ड (युके)बाट आउने छ। यसैगरी भलिबलको टिम अष्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अष्ट्रेलियाबाट आउने छ। यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिइएकाे छ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन्। विदेशमा रहेका नेपालीहरूलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको उनले बताए।

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरू हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरू अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरूसँग समन्वय गरिरहेको कार्यवाहक सदस्य सचिव गिरीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved