भरतपुर : कांग्रेस कार्यकर्ता हत्यास्थलमा गोलीको खोका भेटियो

नेपालभ्युज

भरतपुर : कांग्रेस कार्यकर्ता हत्यास्थलमा गोलीको खोका भेटियो

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यास्थलमा गोलीको खोका भेटिएको चितवन प्रहरीले बताएको छ। आइतबार साँझ कृष्णपुरस्थित खेलमैदानमा परियारमाथि धारिलो हतियार प्रहार भएपछि भरतपुरस्थित चितवन मेडिकल कलेजमा उनलाई उपचारका लागि लगिएको थियो। मेडिकल कलेज पुगेर उपचार शुरु हुनुअघि नै उनको निधन भएको मेडिकल कलेजले बताएको थियो।

परियारमाथि धारिलो हतियार प्रहार भएको बताए पनि उनको हत्या भएको स्थानमा गोलीको खोका भेटिएको हो। चितवन प्रहरीका प्रवक्ता नरहरी आर्चायका अनुसार, “परियारको हत्यास्थलमा गोलीको खोका भेटिएको हो।”

उनको हत्यास्थलमा गोलीको खोका भेटिए पनि परियारको हत्या राजनीतिक प्रेरित नभएको आर्चायले बताए। एक वर्षअघि उनी कारागारमा रहेको र उनको हत्या व्यक्तिगत रिसिइबीका कारण भएको आर्चायले बताए।

स्थानीय चुनावको मुखमा कांग्रेस कार्यकर्ताको हत्या हुँदा त्यो राजनीतिक प्रेरित हुनसक्ने आशंका गरिँदै गर्दा प्रहरीले भने त्यसको पुष्टि गरेको छैन। चितवन कांग्रेसका सभापति राजेश्वर खनालले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘‘निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहित बनाएको छ, घटनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दै यथाशीघ्र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved