एमाले अध्यक्ष ओलीले भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने

भरतपुर महानगरपालिकाको मेयर पदलाई सत्ता गठबन्धनले प्रतिष्ठाको विषय बनाउँदा एमालेले पनि भरतपुरको मेयर पदलाई महत्त्वको साथ लिएको छ। एमालेका तर्फबाट भरतपुरको मेयर पदमा एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष विजय सुवेदी प्रतिस्पर्धामा छन्।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीले भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भरतपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। दिउँसो २ बजे भरतपुरको क्याम्पाचौरमा आयोजना हुने एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली त्यसतर्फ जाँदैछन्।

यसअघि, उक्त कार्यक्रम भरतपुरस्थित केन्द्रीय बसपार्कमा आयोजना गर्ने तय भए पनि कार्यक्रम क्याम्पाचौरमा आयोजना हुन लागेको हो। यसअघि २२ वैशाखमा सत्ता गठबन्धनले भरतपुरमा चुनावी सभाको आयोजना गरेको थियो। कार्यक्रम आयोजनास्थलमा पानी पर्दा समस्या आएका कारण पनि एमालेले कार्यक्रम आयोजनास्थल अन्तिम समयमा आएर बदलेको हो।

सत्ता गठबन्धनबाट भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाल मेयर पदमा प्रतिस्पर्धा गर्दैछिन्। भरतपुरको मेयर पदमा रेनुको उम्मेदवारीलाई कांग्रेस कर्याकर्ताले सहयोग नगर्ने बुझेपछि सत्ता गठबन्धनले भरतपुरमा चुनावी सभाको आयोजना गरेको थियो।

भरतपुर महानगरपालिकाको मेयर पदलाई सत्ता गठबन्धनले प्रतिष्ठाको विषय बनाउँदा एमालेले पनि भरतपुरको मेयर पदलाई महत्त्वको साथ लिएको छ। एमालेका तर्फबाट भरतपुरको मेयर पदमा एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष विजय सुवेदी प्रतिस्पर्धामा छन्।

यसअघिको २०७४ को स्थानीय निर्वाचनमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवालीलाई कांग्रेस–माओवादीकी साझा उम्मेदवार रेनु दाहालले पराजित गरेकी थिइन्। मतगणनाको समयमा रेनु दाहाल पछाडी परेपछि उनका समर्थकले मतपत्र च्यात्दा भरतपुर वडा नंम्बर १९ को निर्वाचन पुनः भएको थियो।

अघिल्लो निर्वाचनमा व्यहोरेको पराजयका कारण पनि एमालेले भरतपुरको मेयर पदलाई महत्त्वका साथ लिएको छ। भरतपुरमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। भरतपुरको उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उमपेयर पदमा आफ्नो उम्मेदवार उठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved