एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते
सांकेतिक तस्वीर।

सुर्खेत। सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेकपा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ।

बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो।

एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का कांग्रेसका वडाध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन्। उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved