कांग्रेसका भ्रातृ संघसंस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न आग्रह

कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ।

नेपालभ्युज

कांग्रेसका भ्रातृ संघसंस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न आग्रह

काठमाडौं। नेपाली कांग्रेसले पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरेको छ।

यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन/महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरुप गर्न सम्बद्ध सबैमा कांग्रेसले आग्रह गरेको हो।

साथै कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved