नेकपा एसको निष्कर्ष : जनपक्षीय कार्यबारे सुसूचित गर्नुपर्छ

उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले मुलुकमा वर्तमान राजनीतिक व्यवस्थाका साथै संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेकाले त्यसको खण्डन गर्नुपर्ने बताए।

नेपालभ्युज

नेकपा एसको निष्कर्ष : जनपक्षीय कार्यबारे सुसूचित गर्नुपर्छ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले गरेका जनपक्षीय कार्यकाबारे सर्वसाधरण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीअन्तर्गत बागमती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तरक्रियामा पार्टी स्थापना गर्नुपर्नाको कारणको यथार्थ प्रचार गर्नुपर्ने सहभागी वक्ताले सुझाए।

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले मुलुकमा वर्तमान राजनीतिक व्यवस्थाका साथै संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेकाले त्यसको खण्डन गर्नुपर्ने बताए। “जनपक्षीय कार्यबारे सबैलाई सुसूचित गर्नुपर्छ,” उनले भने।

बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले स्थानीय निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार विजय गराउनुपर्नेमा जोड दिँदै पार्टी र प्रचार विभागबीच समन्वयको खाँचो औँल्याए।

प्रचार विभाग प्रमुख वसन्त मानन्धरले आसन्न निर्वाचनमा आफ्नो प्रदेशमा पार्टीका उम्मेदवारलाई विजयी गराउन घोषणापत्रलाई स्थानीय सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।

पार्टी प्रचार विभाग सदस्य नवराज अर्याल, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष नवराज छत्कुली र सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले गठबन्धनका साझा उम्मेदवारलाई सफल बनाउन संयुक्तरुपमा हुने प्रादेशिक गतिविधिलाई उपयोग गर्दै स्थानीय जनताको समस्या समाधानार्थ अग्रसर हुनुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved