विद्युत् प्राधिकरणकै लापरबाहीले यो संकट आएको हो : चन्द्र ढकाल

नेपालभ्युज

विद्युत् प्राधिकरणकै लापरबाहीले यो संकट आएको हो : चन्द्र ढकाल

काठमाडौं। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत् संकट आएको बताएका छन।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा ढकालले आफूहरूसँग अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत् प्रसारणलाइन नजोडिएको बताए।

अहिले भारतबाट महँगोमा विद्युत् खरीद गर्न खोजे पनि किन्न नसकेको अवस्था रहेको उनले बताए। भने, “२७ मेगावट विद्युत् हाम्रो तयारी अवस्थामा छ। त्यहाँ स्थानीयको विरोधको कारण करीब २ किलोमिटर ट्रान्समिसन लाइन विद्युत् प्राधिकरणले समयमा नै तान्न नसकेको कारणबाट जोडिएको छैन। अहिले भारतबाट महँगोमा विद्युत् खरिद गर्न भनेको छौं। महँगोमा पनि किन्न नसकेको अवस्था छ। उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिन सकेको छैन। यस्तो समस्या तत्काल समधान गर्न माग गर्दछु। गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत् उत्पादन गर्न सहुलियत दिने भनेको थियो। यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनुपर्छ।”

वरीष्ठ उपाध्यक्ष ढकालले गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत् उत्पादन गर्न सहुलियत दिए जस्तै यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनुपर्ने माग राखे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved