अभिव्यक्ति सुधार्न केशव स्थापितलाई निर्वाचन आयोगले गरायो सचेत

आयोगले उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीतका अभिव्यक्ति दिन नहुने भन्दै स्थापितलाई सचेत गराएको हो।

नेपालभ्युज

अभिव्यक्ति सुधार्न केशव स्थापितलाई निर्वाचन आयोगले गरायो सचेत

काठमाडौं। निर्वाचन आयोगले नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार केशव स्थापितलाई सचेत गराएको छ।

नेसनल कलेजले गरेका प्यानल डिस्कसनको क्रममा स्थापितले एक महिलाप्रति प्रयोग गरेको शब्दहरुबारे आयोगले उनलाई सचेत गराएको हो।

आयोगले उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीतका अभिव्यक्ति दिन नहुने भन्दै स्थापितलाई सचेत गराएको हो।

नेसनल कलेजको उक्त कार्यक्रममा स्थापितले आफूलाई ‘मी टू’ आरोपबारे सोध्ने एक प्रश्नकर्ता महिलालाई ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेर जवाफ दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved