केशव स्थापितको योजना- मेयर जितेको दिन सगुन खाने, भोलिपल्टैदेखि जनताको सेवामा खटिने

“मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ । उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने,” स्थापितले भने, “बाँडचुड गरेर एक दिन सगुन खाने । भोलिपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो।”

नेपालभ्युज

केशव स्थापितको योजना- मेयर जितेको दिन सगुन खाने, भोलिपल्टैदेखि जनताको सेवामा खटिने
फाइल तस्वीर

काठमाडौं। एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टैदेखि नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थापितले मेयरले ६ महीनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरबासीको सेवामा लाग्ने बताए।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्थापितले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गरे। उनले पानी ल्याउने, बिस्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सिपल्टदेखि काम शुरु गर्ने बताए।

“मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ । उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने,” स्थापितले भने, “बाँडचुड गरेर एक दिन सगुन खाने । भोलिपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो।”

स्थापितले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गरे। काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै एमालेबाट उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई बिदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन्।

“महिनावारीको समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ । त्यो गाह्रो महिलाबाहेक पुरुषहरुले कमै मात्र बुझ्नु हुन्छ होला,” उनले भनिन्, “विशेषगरी महिनावारीको समयमा हामीले बिदाका लागि कसरी प्रबन्ध गर्न सक्छौं। त्यसका लागि नीत र कार्यक्रमहरु ल्याउनेछौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved