चार खेलअगावै रियललाई ला लिगा उपाधि

नेपालभ्युज

चार खेलअगावै रियललाई ला लिगा उपाधि

काठमाडौं । ला लिगाले आज राति विजेता पाएको छ। शीर्ष स्थानको रियल मड्रिडले घरेलु मैदानमा इस्पानियोललाई ४-० गोलअन्तरले हराएसँगै उपाधि पक्का गरेको हो।

पहिलो हाफमा दुई गोल गरेको रियलले पछि पनि २ गोल थप्न सक्यो। रियलका शुरुआती दुई गोल रोड्रिगोले गरे भने मार्को एसेन्सो र सब्सिच्युट खेलाडी करिम बेन्जेमाले थप गोल गरेका हुन्।

लिगमा ३४ औं खेल खेलेको रियलले लिगमा ८१ अंक बनाएर लिग जित्न सफल भयो। यो भनेको दोस्रो स्थानमा रहेको सेभिल्लाभन्दा १७ अंकले बढी हो। समान खेलबाट सेभिल्लाको ६४ अंक मात्र छ। यो खेल जितेर रियलले बाँकी सबै खेल हारे पनि सेभिल्लाले रियललाई भेट्न/उछिन्न सक्दैन।

सेभिल्ला र रियलले अब समान चार खेल खेल्न बाँकी छ। चार खेलमा सेभिल्लाले सबै जित निकाले पनि १२ अंक मात्र थपिन्छ। अर्थात् ६४ अंकमा १२ अंक थपिँदा ७६ अंक हुनेछ। जुन रियलको हालको भन्दा पाँच अंकले कमी हो।

उता ३३ खेलबाट ६३ अंक बनाएको बार्सिलोनाले पनि रियलको अंक छुन नसक्ने देखिएको छ। रियल मड्रिडले सन् २०२०-२१ पछि लिग जितेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved