सब-इन्जिनियरको जागिर छाडेर वडाध्यक्षको उम्मेदवार

सरकारी सेवाबाटभन्दा आफूले राजनीतिक रुपमा नागरिकको सेवा गर्नका लागि सब-इन्जिनियरको जागिर त्यागेर वडाध्यक्षमा उम्मेदवारी दिएको रावलले बताए।

सब-इन्जिनियरको जागिर छाडेर वडाध्यक्षको उम्मेदवार

सुर्खेत। आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सब-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार उम्मेदवार बनेका छन्।

सब-इन्जिनियरको जागिर छाडेर ३४ वर्षीया कमल रावल अछामको पञ्चदेवल विनायक नगरपालिका-६ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन्।

लामो सयमदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा सब-इन्जिनियरका रुपमा कार्यरत रहेका रावल नेपाली कांग्रेसबाट पञ्चदेव विनायक नगरपालिका-६ तोलीको उम्मेदवार बनेका हुन्।

लामो समयदेखि गैरसरकारी संस्थामा सब-इन्जिनियरको जागिर खाएका रावल डेढ वर्षदेखि अछाम पञ्चदेवल विनायक नगरपालिकामा सब-इन्जिनियर रुपमा कार्यरत रहेका थिए।

सरकारी सेवाबाटभन्दा आफूले राजनीतिक रुपमा नागरिकको सेवा गर्नका लागि सब-इन्जिनियरको जागिर त्यागेर वडाध्यक्षमा उम्मेदवारी दिएको रावलले बताए।

“सरकारी सेवा भनेको नितान्त व्यक्तिगत रुपमा काम गर्ने पेशा हो। त्यो पेशा छाडेर मलाई राजनीतिबाट नागरिकको सेवा गर्न इच्छा भएका कारणले सरकारी सेवा छोडेको हुँ,” रावलले भने, “अबका दिनमा जनप्रतिनीधि भएर समाजसेवा गर्ने इच्छा भएका कारणले नागरिकसँग जोडिनका लागि राजनीतिमा आएको हुँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved