दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

नेपालभ्युज

दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी
फाइल तस्वीर

दाङ। आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन्।

दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँचदलीय गठबन्धन, नेकपा (एमाले), अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, १०० वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी परेको हो।

प्रमुख-अध्यक्षमा ८७, उपप्रमुख÷उपाध्याक्षमा ६५, वडाध्यक्षमा ५५१, खुला सदस्यमा ९०३, महिला सदस्यमा ४२८ र दलित महिला सदस्यमा ३७८ जनाको उम्मेदवारी परेको छ। घोराही उपमहानगरपालिकामा ४४०, तुलसीपुर उपमहानगरपालिकामा ५३२, लमही नगरपालिकामा २४२, दङ्गीशरणमा १६२, गढवामा १९५, राप्तीमा २३३, राजपुरमा १८८, बङ्गलाचुलीमा ११५, शान्तिनगरमा १४८ र बबईमा १५७ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ।

घोराही उपमहानगरपालिका प्रमुखमा १५ र उपप्रमुखमा आठ तथा तुलसीपुर उपमहानगरपालिका प्रमुखमा १२ र उपप्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ। दुई उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल भएको छ। अन्य पालिकामा भने दलहरूले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved