मोरङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीया युवतीको मृत्यु

नेपालभ्युज

मोरङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीया युवतीको मृत्यु

विराटनगर। मोरङको बूढीगङ्गामा मङ्गलबार दिउँसो भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

विपरीत दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा बुढीगङ्गा–२ बस्ने वर्ष ३० का शोभा राजवंशीको मृत्यु भएको हो। कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि बुढीगङ्गाकै विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल लगिएको थियो। अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

कोशी राजमार्ग अन्तर्गत बूढीगङ्गा–३ स्थित शान्ति चोकमा दिउँसो साढे १ बजे विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। पूर्वबाट राजमार्गतिर निस्कदै गरेको बेला कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटना हुुँदा कारको अगाडिको भागमा पनि क्षति पुगेको छ। प्रहरीका अनुसार कार र चालक जनकपुर घर भएका २९ वर्षीय शैलेन्द्र प्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ।

दुर्घटनालगत्तै फरार बनेको कारलाई प्रहरीले विराटनगरको रोडशेष चोकबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कार चालक यादवले विराटनगर महानगरपालिका–१३ मा ग्रीन भ्यू नामक होटल सञ्चालन गर्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved