स्थानीय निर्वाचन : साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

आयोगले वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ।

नेपालभ्युज

स्थानीय निर्वाचन : साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तहका विभिन्न पदमा ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो।

आयोगको कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि निर्वाचन आायेगमा उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिनेछ।

आयोगले वैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved