ललितपुरमा कांग्रेसबाट फेरि चिरीबाबु

यसपटक पनि ललितपुरमा कांग्रेसका महर्जन र एमालेका व्यञ्जनकारबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ।

नेपालभ्युज

ललितपुरमा कांग्रेसबाट फेरि चिरीबाबु

काठमाडौं। ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनले मेयरको टिकट पाएका छन्। गत स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर महर्जनले ललितपुरमा फेरि टिकट पाएका हुन्।

महर्जनले मेयर पदबाट राजीनामा दिएर उम्मेदवारी दिन लागेको उनको सचिवालयले पुष्टि गरेको छ। उनले दिउँसो १ बजे उम्मेदवारी दिने तयारी गरेका छन्।

यसअघि, २०७४ को स्थानीय निर्वाचनमा महर्जन नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गर्दै विजयी भएका थिए।

यसपटक पनि ललितपुरमा कांग्रेसका महर्जन र एमालेका व्यञ्जनकारबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ। गत निर्वाचनमा महर्जनले २४ हजार ६४२ र व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved