ओली सरकारले पाँच वर्ष खेर फाल्यो, एमाले अदालतको आदेशबाट जन्मेको हो : कांग्रेस

नेपालभ्युज

ओली सरकारले पाँच वर्ष खेर फाल्यो, एमाले अदालतको आदेशबाट जन्मेको हो : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले केपी ओली नेतृत्वको नेकपाको सरकारले पाँच वर्षको समय खेर फालेको निष्कर्ष निकालेको छ। आइतबार सार्वजनिक कांग्रेसको घोषणापत्रमा ओली नेतृत्वको सरकारले अधिनायकवाद र सर्वसत्तावादको सुत्रपात गरेको आरोप लगाइएको छ।

तीन ओटै तहको सरकार सञ्चालन गर्ने अवसर पाएको सो सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको, संघीयताविरोधी गतिविधि गरेको, विभेदकारी नागरिकताको व्यवस्था गर्न खोजेको, सार्वजनिक सम्पत्तिमा लुट मच्चाएको आरोप घोषणापत्रमार्फत कांग्रेसले लगाएको छ। कोरोना महामारीमा समेत कमिसन र भ्रष्टाचार गरेर ओली नेतृत्वको तत्कालीन सरकारले जनतामाथि ज्यादति मच्याएको उल्लेख गरिएको छ।

यो पनि

कांग्रेसको घोषणापत्र : एमसीसी उपलब्धि, भ्यूटावर नबनाउने र नातेदारलाई सरकारी नियुक्ति नदिने [पूर्णपाठ]

यसैगरी कांग्रेसले नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दाबी गरेको छ। परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको  घोषणापत्रमार्फत् सम्झाउनु परेको पार्टीका महामन्त्री गगनकुमार थापाले बताए। उनले भने, ‘‘नेकपा एमाले भन्ने पार्टी नै सर्वोच्च अदालतको आदेशबाट जन्मेको पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी बनाएर नेकपा एमाले र माओवादी केन्द्र विर्सजन भएको थियो। त्यसपछि सम्मानित अदालतले नेकपा एमाले जन्माएको हो भन्ने कुरा हामीले सम्झाउनुपर्ने भएको छ।’’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved