क्षीरेश्वरको मेयरमा कांग्रेसबाट एकल सिफारिस पजियार भन्छन्, ‘कुनै हालतमा ब्याक हुन्नँ’

नेपालभ्युज

क्षीरेश्वरको मेयरमा कांग्रेसबाट एकल सिफारिस पजियार भन्छन्, ‘कुनै हालतमा ब्याक हुन्नँ’

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट योगेन्द्र पजियारको एकल नाम सिफारिस गरिएको छ।

पजियार नेपाली कांग्रेस धनुषाको सभापति र क्षीरेश्वरनाथ नगरपालिकाका वर्तमान मेयरसमेत हुन्। बिहीबार बसेको कांग्रेसको नगरपालिका समितिको बैठकमा पजियारको एकल नाम सिफारिस गरिएको नगर सचिव गोविन्द गिरीले जानकारी दिए ।

यसैगरी उपमेयरको उम्मेदवारीको लागि शारदा सिंह, भावना घिमिरे ढुंगेल र रचना श्रेष्ठ माथेमाको नाम सिफारिस भएको छ । सिफारिस गरिएकामध्ये माथेमा वर्तमान उपमेयर तथा मधेश प्रदेश समितिका सदस्य हुन्।

पजियार र माथेमा दवैले पुनः चुनाव लड्न शुक्रबार नै पदबाट राजीनामा गरिसकेका छन्।

यता प्रदेश कमिटीले जिल्लाको चुनावी कमाण्ड सम्हाल्नुपर्ने भन्दै जिल्ला सभापतिहरूलाई चुनाव नलड्न दबाब दिएको अवस्था छ। तर जिल्ला सभापति पजियारले सभापति शेरबहादुर देउवा पार्टी सभापति र प्रधानमन्त्री दुवै हुन सक्ने अनि आफू जिल्ला सभापति भएर मेयर किन बन्न नसक्ने भन्ने तर्क अघि सारेका छन्।

उनले भने, “मेरोबारे चुनाव नलड्ने भनेर भ्रम सिर्जना गरिने प्रयास भइरहेको छ। म क्षीरेश्वरनाथ नगरपालिकाको लागि मेयरको उम्मेदवार हुँ, पार्टीले मलाई नै टिकट दिन्छ, म विश्वस्त छु। म कुनै पनि हालतमा ब्याक हुने छैन, मेयरमा लड्छु नै।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved