वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

नेपालभ्युज

वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

सुर्खेत। नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ। शुक्रबार नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कार्यसमितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

नगर कार्यसमितिबाट उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरिएको थियो। तर कांग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप चार जनासहित सात जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरिएको हो।

नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्यसमितिले गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थप गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved