पाँच वर्षमा पाएको पारिश्रमिकबाट नगर प्रमुख सुवेदीले स्थापना गरे फाउण्डेसन

सुवेदीले गरीब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेसनको स्थापना गरेको बताए।

पाँच वर्षमा पाएको पारिश्रमिकबाट नगर प्रमुख सुवेदीले स्थापना गरे फाउण्डेसन

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आफले पाँच वर्षमा पाएको पारिश्रमिकबाट फाउण्डेसनको स्थापना गरेका छन्।

प्रमुख सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको १३ लाख ५० हजार रुपैयाँ अक्षय कोषमा राख्दै रविजगत फाउण्डेसनको स्थापना गरेका हुन्।

उनले गरीब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले फाउण्डेसनको स्थापना गरेका हुन्।

गरीब, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवं बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्नका लागि फाउण्डेसनको स्थापना गरेको नगर प्रमुख सुवेदीले बताए।

“आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग, अपाङ्ग तथा अल्पसंख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनले काम गर्नेछ,” नगर प्रमुख सुवेदीले बताए।

सडक, पुल, पाटी, पौवा लगायतका सामाजिक संरचनाको निर्माण तथा मर्मत संरक्षण, कृषि तथा पर्यावरणका साथै सामूहिक समुदायिक वन, कबूलियत वन जङ्गलको संरक्षण तथा सम्बद्र्धनमा फाउण्डेसनले काम गर्ने सुवेदीले बताए।

उनले भने, “जडिबुटी वृक्षरोपण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि, उर्जा, जडिबुटी, सभा सम्मेलन तथा वातावरण संरक्षणमा विशेष भूमिका रहने छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved