कर्णाली सरकारले थप सात दिन सार्वजनिक बिदा दिने

धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नौ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेछ।

नेपालभ्युज

कर्णाली सरकारले थप सात दिन सार्वजनिक बिदा दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले २०७९ सालमा थप सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने सरकारले निर्णय गरेको छ।

त्यस्तै, धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नौ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेछ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारले प्रदेशमा स्थानीय सार्वजिनक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved