एमाले–राप्रपा गठबन्धनलाई प्रचण्डको कटाक्ष -राजा महाराजासँग जोडिएको गठबन्धन हो

सत्तारूढ दल नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले, राप्रपा लगायतका दलहरूले गरेको गठबन्धन राजा महाराजाहरूसँग सम्बन्ध भएको गठबन्धन भएको बताएका छन्।

नेपालभ्युज

एमाले–राप्रपा गठबन्धनलाई प्रचण्डको कटाक्ष -राजा महाराजासँग जोडिएको गठबन्धन हो

धनगढी। सत्तारूढ दल नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले, राप्रपा लगायतका दलहरूले गरेको गठबन्धन राजा महाराजाहरूसँग सम्बन्ध भएको गठबन्धन भएको बताएका छन्।

बिहीबार धनगढी पुगेका प्रचण्डले देशमा अहिले दुइटा गठबन्धन भएको बताए।

उनले भने ‘‘एउटा अग्रगमन र परिर्वतनका पक्षधरहरूको गठबन्धन र अर्को यसलाई उल्ट्याउने खोज्नेहरूको पक्षधरहरूको गठबन्धन हो’’ उनले थपे ‘‘प्रतिगमन विरोधी र समानुपातिक समावेशिताको व्यवस्था उल्ट्याउन खोज्नेहरूको विरोधी शक्तिहरू बिचमा एक गठबन्धन भएको र अर्को तिर हिजोका राजा महाराजा सँग सम्बन्ध भएका दलाल शक्तिहरूले गठबन्धन भएको छ।’’

यस्तै सबै दलहरू निर्वाचनमा होमिएको बताए। उनले गठबन्धनका दलहरू पनि निर्वाचनमा गइसकेको र कतिपय मान्छेहरूले चुनाव सर्ने भ्रम फैलाए पनि आफू चुनाव नसर्नेमा शुरुदेखी ढुक्क रहेको बताए। अब निर्वाचन सर्नेमा कुनै दुबिधा नभएको र वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने दाबी गरे।

निर्वाचन स्वच्छ निष्पक्ष र धाधली रहित बनाउन अबको आवश्यकता भएको बताए। उनले सुदूरपश्चिममा माओवादी केन्द्रको सङ्गठन विस्तार राम्रोसँग अगाडी बढेको बताए। हिजो माओवादीबाट छुट्टिएका साथीहरू पुनः माओवादीमै फर्किने क्रम बढेको बताए।

सुदूरपश्चिममा गठबन्धनमा सबैतिर तालमेल हुने विश्वास रहेको बताए। कहिँकतै पालिकामा गठबन्धनभित्र समस्या परेमा स्वास्थ्य र मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए।

‘‘महानगर र उपमहानगरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा तालमेल हुन्छ, समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ। तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन। प्राथमिकता तालमेलमा हो,’’ उनले भने, ‘‘तर, समस्या कहिँकतै प¥यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved