पोखराको मेयर नपाएपछि ‘रुखबाहेक अन्त भोट नहाल्ने’ भन्दै कांग्रेस कार्यालयमा कार्यकर्ताले लगाए ताला

उनीहरुले पार्टी नेतृत्वले आम कार्यकर्ताको भावनाविपरीत गठबन्धनमा पोखराको मेयर छाडेको भन्दै ताला लगाएको बताएका छन्।

नेपालभ्युज

पोखराको मेयर नपाएपछि ‘रुखबाहेक अन्त भोट नहाल्ने’ भन्दै कांग्रेस कार्यालयमा कार्यकर्ताले लगाए ताला
फाइल तस्वीर।

पोखरा। सत्ता गठबन्धनबीचको भागबण्डामा पोखरा महानगरको मेयर कांग्रेसको भागमा नपरेपछि महानगरका कांग्रेस कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालबन्दी गरेका छन्।

गठबन्धनबीच भागबण्डा गर्दा पोखरा महानगरको मेयर नेकपा (एकीकृत समाजवादी)को भागमा परेका थियो। सोही निर्णयको विरोधमा कांग्रेसको महानगर समितिसहितको सक्रियतामा कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा ताला लगाएका हुन्।

उनीहरुले पार्टी नेतृत्वले आम कार्यकर्ताको भावनाविपरीत गठबन्धनमा पोखराको मेयर छाडेको भन्दै ताला लगाएको बताएका छन्। आफूहरुले कांग्रेसका उम्मेदवारलाई रुख चिन्हमा बाहेक अन्त भोट नहाल्ने बताए।

यसअघि, हिजो बसेका सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई पोखरा महानगरको मेयर दिने सहमति गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved