तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ।

नेपालभ्युज

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख दुई हजार १०० पुगेको छ।

अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो।

त्यस्तै, आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला एक हजार ४२० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved