२ बजेका लागि सर्‍यो गठबन्धनको बैठक

अन्य महानगरपालिकाको लगभग टुंगो लागिसकेकोमा पोखरा महानगरपालिका कसलाई दिने भन्ने सहमति जुट्न सकेको छैन। नेकपा एकीकृत समाजवादीले पोखरा पाउनुपर्ने अडान राखेकोमा नेपाली कांग्रेसले पनि त्यहाँ आफ्नो दाबी छाडेको छैन।

नेपालभ्युज

२ बजेका लागि सर्‍यो गठबन्धनको बैठक

काठमाडौं। महानगरपालिकाको भागबण्डा मिलाउन आज बिहान ११ बजे निर्धारित सत्ता गठबन्धको बैठक दिउँसो २ बजेका लागि सरेको छ।

बैठक दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

महानगरपालिकाको भागबण्डा मिलाउन सोमबार दिनभरको प्रयासबाट सहमति जुट्न नसकेपछि आज पुन: बैठक डाकिएको हो। अन्य महानगरपालिकाको लगभग टुंगो लागिसकेकोमा पोखरा महानगरपालिका कसलाई दिने भन्ने सहमति जुट्न सकेको छैन।

नेकपा एकीकृत समाजवादीले पोखरा पाउनुपर्ने अडान राखेकोमा नेपाली कांग्रेसले पनि त्यहाँ आफ्नो दाबी छाडेको छैन। यसै विषयमा देखिएको विवादबारे छलफल गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस कास्की सभापतिसहितका नेतालाई काठमाडौं डाकेर वार्ता गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved