पोखरा गठबन्धन विवाद : छलफलका लागि प्रधानमन्त्रीले बोलाए कास्की सभापतिसहित तीन नेता

नेपालभ्युज

पोखरा गठबन्धन विवाद : छलफलका लागि प्रधानमन्त्रीले बोलाए कास्की सभापतिसहित तीन नेता

काठमाडौं। गठबन्धनभित्र पोखरा महानगरपालिकाबारे देखिएको विवादबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरूलाई काठमाडौं बोलाएका छन्। देउवाले गण्डकी प्रदेशका पार्टी सभापति तथा कास्की कांग्रेसका सभापतिसहितका नेतालाई छलफलका लागि बोलाएका हुन्।

प्रधानमन्त्रीले बोलाएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा मंगलबार विहानै बिमानबाट काठमाडौं आइपुगेका छन्। कास्की कांग्रेसका सभापति बरालले प्रधानमन्त्रीले सोमबार राती छलफलका लागि काठमाडौं डाकेपछि आफूहरु मंगलबार बिहानै काठमाडौं आएको बताए ।

सोमबार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरलाई लिएर कांग्रेस र नेकपा एसबीचमा कुरा नमिल्दा गठबन्धनको सहमति नै प्रभावित भएको छ। कांग्रेसले पोखरा महानगर नछोड्ने अडान राखेको छ भने नेकपा एसले पोखरा आफूले पाउनु पर्ने दाबी गरेको छ।

यसैबारे पुन: छलफल गर्न आज बिहान ११ बजे गठबन्धनको बैठक डाकिएको छ। बैठक अगाडि प्रधानमन्त्री देउवाले पोखराका नेताहरूसँग संवाद गरिरहेको कांग्रेसले जनाएको छ।

पोखरामा भागबण्डा मिलाउन सोमबार बैठक बसिरहेको बेला कांग्रेसका जिल्ला सचिवद्वय भानु ढकाल र देवेन्द्र कांग्रेसले पोखरामा नेकपा एसलाई नछाडेको विज्ञप्ति निकालेका थिए। उक्त विज्ञप्तिपछि गठबन्धनमा खैलाबैला मच्चिएको थियो। लगत्तै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले अर्को विज्ञप्ति जारी गर्दै सचिवद्वयले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved