कास्की कांग्रेसको विज्ञप्ति : नेकपा (एस)सँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा गरौँ

विज्ञप्तिमा एकीकृत समाजवादीसँग विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न नसकेकाले मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा गर्न कांग्रेस पार्टीपंक्तिमा अपिल गरिएको छ।

नेपालभ्युज

कास्की कांग्रेसको विज्ञप्ति : नेकपा (एस)सँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा गरौँ

पोखरा। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसको कास्की जिल्ला समितिले आगामी स्थानीय चुनावमा नेकपा (एकीकृत समाजवादी)सँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा गर्ने भएको छ।

जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा एकीकृत समाजवादीसँग विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न नसकेकाले मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा गर्न कांग्रेस पार्टीपंक्तिमा अपिल गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि नेकपा (एकीकृत समाजवादी)को अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र नेकपा (एकीकृत समाजवादी) सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved