धनगढीमा माओवादी र समाजवादीले सिफारिस गर्‍यो उम्मेदवारको नाम

गठबन्धनभित्रै सहमति नहुँदै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ।

नेपालभ्युज

धनगढीमा माओवादी र समाजवादीले सिफारिस गर्‍यो उम्मेदवारको नाम

धनगढी। सत्ता साझेदार दलहरूले महानगर र उपमहानगरमा चुनावी तालमेल गर्ने निर्णय गरे पनि दलहरूलाई भागबण्डा मिलाउन हम्मेहम्मे भएको छ। दलहरूले आफ्नो दाबी नछाड्दा सहमति हुन नसकेको हो।

सहमति नहुँदै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम उम्मेदवारको नाम जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको छ। माओवादीको धनगगढी नगर कमिटीले प्रमुखमा शान्ति अधिकारी नाम सिफारिस गरेको छ। यसैगरी उपप्रमुखमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस गरिएको छ।

यसैगरी  नेकपा एसले प्रमुखमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ। यसैगरी उपमेयरको उम्मेदवारको रूपमा नगर कमिटीले रोजी बस्नेतको नाम सिफारिस गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved