संविधान जोगाउन गठबन्धन आवश्यक छ : प्रकाशमान सिंह

“वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ,” सिंहले भने।

नेपालभ्युज

संविधान जोगाउन गठबन्धन आवश्यक छ : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन्।

सामाखुसी यातायात प्रालिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्।

“वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ,” सिंहले भने। निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरे।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए। उनले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले आगामी स्थानीय तहको निर्वाचनमा सङ्गठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताए। उनले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved