मेगा बैंकको कामु सीईओमा रविना देशराज

नेपालभ्युज

मेगा बैंकको कामु सीईओमा रविना देशराज

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्।

नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको ३० चैतमा ३५५ औँ बैठकले आज (शुक्रबार)देखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नियुक्त गरेको हो।

विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाएकी छन्।

बैंककी निवर्तमान सीईओ अनुपमा खुञ्जेलीले कार्यकाल पूरा हुन ५ दिन बाँकी छँदै गएको २५ चैतमा राजीनामा दिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved