सीवाईसी नेपालको आईपीओको बिक्री खुला

कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ।

नेपालभ्युज

सीवाईसी नेपालको आईपीओको बिक्री खुला

काठमाडौं। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेका हो।

कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। साथै निष्काशन गरिएको शेयर खरिदका लागि यही ६ वैशाखसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए १६ वैशाखसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved