सुरेन्द्र गोयल नेपाल व्यवस्थापन संघको निर्विरोध प्रथम उपसभापति

नेपालभ्युज

सुरेन्द्र गोयल नेपाल व्यवस्थापन संघको निर्विरोध प्रथम उपसभापति

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल नेपाल व्यवस्थापन संंघको कार्यकारी बोर्डको प्रथम उपसभापतिमा निर्विरोध चयन भएका छन्। आज बसेको बोर्डको बैठकबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन्।

२६ चैतमा संघको काठमाडौंमा सम्पन्न ४१ औं वार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्फबाट शिवम् सिमेन्टसहित ६ जना र व्यक्तिगत समूहतर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए। ती बोर्ड सदस्यमध्येबाट श्री उपेन्द्र पौड्याल अध्यक्ष र गोयल प्रथम उप-सभापतिमा निर्विरोध भएका हुन्।

यसअघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved